शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अछामको साँफेबगरमा जेठ ६ गते अर्को चुनाव गर्ने आयोगको निर्णय

बिहीबार, ०५ जेठ २०७९, १६ : २२
बिहीबार, ०५ जेठ २०७९

निर्वाचन आयोगले जेठ ६ गते अछामको साँफेबगरमा अर्को चुनाव गर्ने निर्णय गरेको छ । बिहीबार आयोगले गरेको पत्रकार सम्मेलनमा विवादका कारण स्थगित भएको निर्वाचन पुन निर्वाचन गर्न लागिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिएका हुन् । 

यस्तै विवादका कारण स्थगित भएका ५ स्थानमा जेठ १ गते, ७  स्थानमा जेठ २ गते ८ स्थानमा जेठ ३ गते र १५ स्थानमा जेठ ४ गते मतदान कार्य सम्पन्न भएको आयोगले शर्माले बताए ।  जेठ ६ गते अछामको साँफेबगरमा पुन मतदान हुने र उदयपुरको त्रियुगा वडा नम्बर १२ र बाजुराको बुढीगंगा नगरपालिकाको सन्र्दभमा आयोगबाट निर्णय हुन बाँकी रहेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप