विप्लव समूहबाट चार सदस्य निर्वाचित
नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावमा जाने/नजाने नीति लिएर सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओलीले पार्टी विभाजन गरेर नेकपा बहुमत गठन गरे। चुनावमा उत्साहित हुँदै गएको विप्लव समूह भने चार वडा सदस्यमा मात्रै सीमित भएको छ। रोल्पाका ९ स्थानीय तहको प्रमुख र उपप्रमुखमा उम्मेदवारीसहित अधिकांश वडामा उम्मेदवारी दिएको थियो।
प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को गृह जिल्ला कालिकोटका ९ स्थानीय तहका प्रमुख र उपप्रमुखसहित अधिकाश वडामा उम्मेदवारी दिएको थियो। अरु लुम्बिनी,कर्णाली र सुदूरपश्चिमका अधिकाश जिल्लामा उम्मेदवारी दिएका थिए। तर, अन्तिममा कालिकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ५ अध्यक्ष मानबहादुर सहकारीले मात्रै जितेका छन्।
प्रकाण्डको गृह पालिका अध्यक्ष काँग्रेस र उपाध्यक्ष माओवादी केन्द्रले जितेका छन्। उनको वडा नम्बर ६ अध्यक्ष माओवादी केन्द्रले जितेको छ। स्थानीय चुनाव जिताउन १५ दिन कालिकोटमै बसेका प्रकाण्ड अन्तमा वडा अध्यक्ष र सदस्य समेत जिताउन सकेनन्।
तर रोल्पाको गंगादेव गाउँपालिकामा सो पार्टीले चारजना वडा सदस्य जितेको छ। रामबहादुर डाँगी, शालिकराम पुन, बमकुमारी खत्री र तुलसी कामीले सदस्य पद जितेका हुन्। अध्यक्षमा चूडामणि ओली र उपाध्यक्षमा सुशीला ओलीले उम्मेदवारी दिएका थिए। उनीहरु चौथो भएर पराजित भएका छन्। यस्तै रोल्पाका ९ स्थानीय तहमा विप्लव समूह शून्य भएको छ।
यसअघि समाचारमा उल्लेखित मानबहादुर सहकारीले आफू विप्लव समूहमा नभएकाे स्पष्ट पारेकाले सच्याइएको छ - सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार