शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको नोयडामा टुरिजम एक्सचेन्ज मेला सुरु

बिहीबार, ०५ जेठ २०७९, १५ : ५२
बिहीबार, ०५ जेठ २०७९

भारतको नोयडा सहरमा साउथ एशियाज ट्राभल एण्ड टुरिजम एक्सचेन्ज मेला (साटे) शुरु भएको छ । यही मे १८ देखि शुरु भएको उक्त मेलामा नेपालको समेत सहभागिता रहेको छ । मुलुकको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको नेतृत्वमा निजी पर्यटन व्यवसायी, तीनका छाता संगठनसहितको २१ संघ संस्थाका प्रतिनिधिहरू उक्त मेलामा सहभागी भएका छन् । साटे भारत सरकार, पर्यटन मन्त्रालयको सहयोगमा हुने दक्षिण एशियाकै महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ ।

कोरोना महामारी (कोभिड–१९) ले थलिएको पर्यटन प्रवर्द्धनका लागि पहिले छिमेकी मुलुकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाएको  नेपाल  पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीईओ) डा. धनञ्जय रेग्मीले जानकारी दिए । 
‘भारत नेपालको प्रमुख पर्यटन स्रोत बजार हो । बोर्डले साटेसँगसँगै क्रसबोर्डर टुरिजम प्रवर्द्धनका लागि समेत काम गरेकोले यी सबै गतिबिधि भारतीय पर्यटक आगमनमा बृद्धि हुने र नेपालको पर्यटन प्रवर्द्धन हुने हाम्रो अपेक्षा  छ’ उनले भने, ‘कोभिडको सक्रमण कम हुँदै जाँदा विश्वभर पर्यटन क्षेत्र चलायमान हुन थालेको छ । यस्तो अवस्थामा बोर्डले भारतीय पर्यटकहरूलाई नेपालमा आकर्षित गर्न सीमा क्षेत्र, हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको छ ।’ सीईओ रेग्मीले बताए । 

साटेमा  पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग, बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहेकाेले यो प्लेटफर्म नेपालको पर्यटन प्रवर्द्धनमा सहयोगी हुने कार्यक्रममा सहभागी नेपाल बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । 

नेपालले सन् २०२१ को मार्च २४ देखि २६ तारिखसम्म तथा २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको गे्रटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो । गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागिता जनाएका थिए । भारतीय पर्यटकलाई विभिन्न प्याकेज मार्फत आकर्षित गर्नेगरी सो मेलामा निजी क्षेत्रको सहभागिता जनाएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप