शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झापाबाट अवैध सुनसहित १ जना पक्राउ

बिहीबार, ०५ जेठ २०७९, १५ : ४२
बिहीबार, ०५ जेठ २०७९

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल छेउबाट ३४९.७०० ग्राम अवैध सुनसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सुनको हालको मूल्य २८,८७,१८२.६५० रुपैयाँ बराबर हुने प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलाली घर भई दमक नगरपालिका–२ मा बसोबास गर्दै आएका ३३ वर्षीय धिरेन्द्र जैसी रहेका छन् । बुधवार दिउँसो साढे १ बजेको समयमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जैसीलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । सुनसहित पक्राउ परेका जैसीलाई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाइएको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप