बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक : कोइराला

बिहीबार, ०५ जेठ २०७९, १५ : ०१
बिहीबार, ०५ जेठ २०७९

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले जेठ ५ गतेभित्र नै सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गरेका छन् । करिव ६ महिनाअघि नै कर्णाली प्रदेशमा पाठ्यपुस्तक पुगिसकेको र अन्य ठाउँहरुमा भने जेठ ५ गते विद्यार्थीहरुको हातमा पुस्तक पुग्ने बताएका हुन् । 

उनले वैशाखमा पुस्तक छाप्ने योजना रहेपनि स्थानीय तह सदस्य निर्वाचनका कारण मतपत्र छाप्ने कार्यमा प्राथमिकता दिनुपर्ने भएकोले पुस्तक छपाइ कार्यलाई घटाएको बताए । उनले बीचमा युक्रेनमा भएको युद्धका कारणले सप्लायर्सले कागजसहितका अन्य सामान ल्याउन नसक्नुले पनि केही ढिलो हुन गएको बताएका हुन् । शिक्षा सचिव कोईरालाले समयमै पाठ्यपुस्तक सम्बन्धित ठाउँमा पठाइएकोले समयमै सबै विद्यार्थीको हातमा पाठ्य पुस्तक पुग्ने जिकिर गरे ।

सरकारले समयमै पाठ्यपुस्तक छपाइ र वितरण गर्न नसक्दा कक्षा १ देखि माध्यमिक तहसम्मका विद्यार्थीहरुले शैक्षिक सत्र शुरु हुँदासमेत पाठ्यपुस्तक पाउन सकेका छैनन् । विशेष गरी कक्ष ा४,७ र ९ को पाठ्यपुस्तक नयाँ लागू भएको छ । तर समयमा पाठ्यपुस्तक छाप्न नसक्नु र वितरण गर्न नसकेकोमा शिक्षक र विद्यार्थीहरु पाठ्यक्रमलाई कसरी अगाडि बढाउने भन्ने अन्योलमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप