सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रदेशसभा सदस्यबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका कुशवाहा पराजित

बिहीबार, ०५ जेठ २०७९, १४ : ४७
बिहीबार, ०५ जेठ २०७९

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा पराजित भएका हुन् ।

सर्लाही क्षेत्र नं. ४ (ख)बाट निर्वाचित कुशवाहा काँग्रेस मधेस प्रदेशका प्रमुख सचेतक थिए ।  प्रदेशसभा सदस्यबाट राजीनामा दिएर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका कुशवाहा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)  का उम्मेदवार देवेन्द्र कुमार यादवसँग ५४२ मतले पराजित भएका छन् । यादवले ५ हजार २९४ मत ल्याएर निर्वाचित भएका हुन् भने कुशवाहा उनको निकटतम प्रतिद्वन्द्वी हुँदै ४ हजार ७४२ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप