ad
x
अनुभव

लुम्बिनीमा ‘अ’ नागरिक हुनु पर्दाको पीडा

person explore access_timeजेठ ५, २०७९ chat_bubble_outline0

बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही २ जेठमा लुम्बिनी आउँदै थिए । मोदीको भ्रमण हुने औपचारिक घोषणा भएसँगै अफिसमार्फत् मैले आवश्यक प्रक्रिया पुरा गरेको थिएँ । मोदी सवार हेलिकप्टर उत्रिन २ घण्टा भन्दा कम समय मात्र बाँकी थियो तर हातमा पास परेको थिएन । 


विदेशी राष्ट्रप्रमुख वा सरकार अध्यक्षको भ्रमणको समयमा पास वितरणको काम सूचना विभागले गर्छ तर लुम्बिनीमा सूचना विभागका कोही पनि कर्मचारी भेटिएनन् । रिपोर्टिङको समयमा आउन सक्ने सम्भावित समस्या र मिडिया कोअर्डिनेसनको काम सबै पवन होटलबाट भइरहेको थियो । त्यही सोचेर पनि म त्यतातिर लागेँ तर होटलको गेटमा तैनाथ सुरक्षाकर्मी भने भित्र जान दिने मनस्थितिमा थिएनन् ।



“सरकारी हो भने मात्रै भित्र छिर्नु । प्राइभेट त यता आउने पनि होइन । पास नदेखाई कोही पनि भित्र जान पाउन्न ।” नेपाली सुरक्षाकर्मीको ओठे जवाफ थियो । 



केही उपाय नलागेपछि अफिसमा फोन गरेर कोअर्डिनेटरलाई त्यहाँको अवस्थाबारे जानकारी गराएँ । सूचना विभागको पासले जहाँसम्म मिल्छ, त्यहाँसम्म मात्रै तस्बिर लिने भन्ने सुझाव आयो । सरकारी नै भए पनि त्यो सूचना विभागको पास सिंहदरबार छिर्न र कहिलेकाहीँ सरकारी परिचयपत्र देखाउन पर्दा बाहेक अरू बेला काम आएको थिएन ।



तर विशेष पासका लागि कहिँकतैबाट केही उपाय लाग्छ कि भनेर भारतीय दूतावासमा सम्पर्कको लागि काठमाडौँमा भएका साथीलाई पनि फोन गरेँ । काठमाडौँबाट हिँड्ने अघिल्लो दिन अफिसबाट पनि “केही समस्या परे सम्पर्क गर्नु” भनेर भारतीय दूतावासकै प्रवक्ताको नम्बर दिइएको थियो । साथीले फोन गरेपछि पुनः बोलाइयो त्यही पवन होटलमा । पास पाइएला कि भनेर गेटमा पुगेको थिएँ तर ती व्यक्तिले मलाई मोदी भ्रमणको निमन्त्रणा कार्ड पो हातमा थमाए । संजोगले त्यहीँ गेट बाहिर भेट भए, सूचना विभागका एक कर्मचारी, जोसँग मेरो नामको मिडिया पास रहेछ ।



स्वदेशी सुरक्षाकर्मीले अपशब्द प्रयोग गरेर गाली गरेको भए शायद मन दुख्दैन । तर आफ्नै देशमा विदेशी सुरक्षाकर्मीले गरेको दुर्व्यवहारले ‘अ नागरिक’ महसुस हुँदो रहेछ । जुन कुरा मेरो मानसपटलबाट मोदीको ६ घण्टे भ्रमण सकिएको २४ घण्टा बितिसकेपछि पनि हट्न सकेको छैन ।



मिडिया पास नियालेर हेरें, जसमा ए, बी, सी, डी, ई गरेर हेलिप्याडदेखि मुख्य स्थानहरू सबैमा प्रवेश दिइएको थियो । विशेष पास भएपछि सोचेँ, अब सबै ठाउँमा जान पाइने भयो । अब भने ढुक्कले फोटो खिच्न सकिन्छ । 

मायादेवी मन्दिरमा मोदी आउने भनेपछि सुरक्षा स्थिति कडा नै बनाइएको थियो । बम डिस्पोजल टोलीदेखि मन्दिर प्रवेश पाउने व्यक्ति सबैको सुरक्षा जाँच गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा र मोदी जब मन्दिर प्रवेश गरेर मायादेवी मन्दिरको दर्शन गर्न सवार हुन थाले, तब उनीहरूलाई घेरेर पीएसओ र अन्य सरकारी कर्मचारीले फोटो बिगार्ने काम गर्न थाले ।

“तपाईंहरु उता जान पाउनुहुन्न है । यतै बसेर खिच्ने हो ।”  मिडियाका फोटो पत्रकारलाई निश्चित सीमा बनाएर राखेका एक नेपाली सुरक्षाकर्मीले हामीलाई भने । त्यसपछि म अर्काे एंगलबाट फोटो खिच्न अर्को साइड जाँदा भारतीय प्रतिनिधिले भने, “यता होइन, उता जा ।”

बल्लतल्ल पास पाइएको छ, केही गतिलो फोटो त बनाउनै पर्‍यो । यति दुःख त अरू बेला पनि गरेकै हो नि । यस्तै दुःखबाट त हो नि सिक्ने भन्दै मनलाई नियन्त्रणमा राखेर फोटो खिच्ने कोसिस गरिरहेँ तर अहँ आफूलाई चित्त बुझ्ने एउटा पनि फोटो खिच्न सकिएन । कारण थियो, सुरक्षा व्यवस्थाको नाममा गरिएको मार्चपास ।

भ्रमणकै लागि भनेर बनाइएको पासमा सुरक्षाकर्मीले देख्ने गरी भ्रमण अवधिभर देख्ने गरी राख्नु भनेकाले घाँटीमै झुण्ड्याइरहेको पनि थिएँ । तर, जब म लगायत नेपाली मिडियाका अरू प्रतिनिधिहरू पवन होटल पुग्यौँ, तब मोदीसँगै आएका भारतीय सुरक्षाकर्मीले हामीलाई भित्र छिर्न दिएनन् । अझ केहीलाई त हात तानेरै होटलबाट बाहिर निकाले ।

साँच्ची भन्दा लुम्बिनी क्षेत्र विकास कोषका पदाधिकारी होऊन् वा दुबै देशका प्रधानमन्त्रीका सुरक्षाकर्मी, सबैले उनीहरूलाई घेरेर राखेका थिए । त्यो दृष्य कुनै साउथ इण्डियन फिल्ममा मुख्य पात्र चाहे खलपात्र होस् वा नायक, उसलाई घेरेर बस्ने जमातसँग तुलना गर्न लायक थियो ।

अझ त्यसमा पनि भारतीय सुरक्षाकर्मीको नेपाली पत्रकार टोलीलाई गरिने व्यवहारले पारा तताउँथ्यो । नेपाली पक्षबाट आवश्यक समन्वय नहुनुले पनि समस्या झन् थपिँदो थियो । यस प्रकारको भ्रमणको समयमा न त हामीसँग परराष्ट्र मन्त्रालयका, न सूचना विभागका कोही प्रतिनिधि थिए ।

भ्रमणकै लागि भनेर बनाइएको पासमा सुरक्षाकर्मीले देख्ने गरी भ्रमण अवधिभर देख्ने गरी राख्नु भनेकाले घाँटीमै झुण्ड्याइरहेको पनि थिएँ । तर, जब म लगायत नेपाली मिडियाका अरू प्रतिनिधिहरू पवन होटल पुग्यौँ, तब मोदीसँगै आएका भारतीय सुरक्षाकर्मीले हामीलाई भित्र छिर्न दिएनन् । अझ केहीलाई त हात तानेरै होटलबाट बाहिर निकाले । जबकि हामी सबैको पासमा मिडिया र पवन होटलमा पनि जान पाइने भनेर उल्लेख गरिएको थियो । यतिसम्म हुँदा पनि त्यहाँ न सूचना विभागका प्रतिनिधि आए, न त नेपाली सुरक्षा निकाय नै ।

पवन होटलभित्र भने भारतीय सञ्चारमाध्यमका पत्रकारहरू उपस्थित थिए, उनीहरूलाई कुनै रोकटोक थिएन । हाम्रो देशका प्रधानमन्त्री पनि त्यही विराजमान थिए । हामी भने होटल बाहिर चर्को घाममा बस्न बाध्य थियौँ । हामी आफ्नै देशमा थियौँ, हामीले गर्व गर्ने बुद्धको जन्म भएको ठाउँमा थियौँ । बुद्ध नेपालमा जन्मिएका हुन् भनेर गर्व गर्ने नागरिक थियौँ तर त्यहीँ हामी “अ नागरिक” सरह भइरहेका थियौँ ।

अझ त्यसमाथि फोटो खिच्ने कामलाई थप चुनौतीपूर्ण अरू कसैले नभई प्रधानमन्त्री देउवा स्वयम्ले गरेका थिए । समकक्षीसँग हिँड्दाको समयमा होस् वा अरू कुनै बेला उनको अनुहारको भाव एक सेकेण्डसम्म पनि स्थिर थिएन । अझ हाम्री प्रथम महिला आरजु राणाले मायादेवी मन्दिर छेउको कुण्डछेउबाट हिँड्दा सारीको सप्को टाउकोमा हालेर हिँडेकी थिइन् । सरकार प्रमुखको अद्र्धनांगिनीका हिसावले उपस्थित भएकी उनी त्यहाँ पारिवारिक घुमघाम लागि आएकी जस्ती देखिइन् ।

उता प्रधानमन्त्री देउवा कार्यक्रमको बीच बीचमा हाई काढ्ने, नाक, कान, गाला, कपाल कन्याउने, उँघ्ने जस्ता काम गरिरहे । देउवाको एउटा शालीन पोज खिच्नलाई साह्रै नै धौ पर्‍यो । हामी पत्रकारको लागि नभए पनि प्रधानमन्त्रीलाई सामान्य भन्दा पनि सामान्य शिष्टाचार सिकाउन परराष्ट्र मन्त्रालयका अधिकारीहरु त्यहाँ भइदिएको भए हुन्थ्यो भन्ने मनमा लागिरह्यो ।

स्वदेशी सुरक्षाकर्मीले अपशब्द प्रयोग गरेर गाली गरेको भए शायद मन दुख्दैन । तर आफ्नै देशमा विदेशी सुरक्षाकर्मीले गरेको दुर्व्यवहारले ‘अ नागरिक’ महसुस हुँदो रहेछ । जुन कुरा मेरो मानसपटलबाट मोदीको ६ घण्टे भ्रमण सकिएको २४ घण्टा बितिसकेपछि पनि हट्न सकेको छैन ।

हुन त उनी ५ पटक प्रधानमन्त्री भइसकेका व्यक्ति हुन्, उनलाई यो कुरा सिकाउन आवश्यक नहोला । तर राष्ट्रिय प्रसारण टेलिभिजन नेपाल टेलिभिजनबाट उनको हरेक कार्यको प्रत्यक्ष प्रसारण भइरहेको हेक्का हुनुपर्ने हो । अफिसमा फोटो पठाउँदा पनि मैले आफ्नो देशको प्रधानमन्त्रीको इज्जत जोगाउन भनेर उनको शालीनता झल्किने तस्वीर खिच्ने प्रयत्न गरेको भए पनि सफल हुन सकिनँ । हुन त काठमाडौंका कतिपय कार्यक्रममा उनको यस्तो व्यवहार नदेखेको कहाँ पो छैन र ? तर पनि छिमेकी मुलुकका राष्ट्र अध्यक्ष आएको यो पटक भने उनले नेपालको नाक राख्दिऊन् भन्ने इच्छा भइरह्यो ।

नेपालका प्रधानमन्त्रीहरुकै कुरा गर्ने हो भने देउवा भन्दा अघिका केपी शर्मा ओली पनि यो कुरामा उस्तै नै थिए । बालुवाटरमा कुनै बैठक वा केही कार्यक्रम भयो भने पनि पत्रकारहरू सधैं ३ नम्बर गेट बाहिर सडक पारी उभिन पथ्र्यो । विपक्षीको कटाक्ष गर्न पर्ने कार्यक्रम भयो भने वा आफ्नो रुचिका विषय भएमात्रै उनले मिडियालाई भित्र प्रवेश गर्न दिन्थे । भित्र प्रवेश गर्न पाए पनि एकैछिनमा मिडियालाई बाहिर खेदिहाल्थे । हुन त ओलीले आफ्नो कटाक्ष गर्ने मिडियालाई गाली नगरेका पनि होइनन् । जनकपुरमा मोदीलाई स्वागत गर्न जाँदा मिडियाप्रति उनको व्यवहार पनि देखिएकै हो ।

स्वदेशी सुरक्षाकर्मीले अपशब्द प्रयोग गरेर गाली गरेको भए शायद मन दुख्दैन । तर आफ्नै देशमा विदेशी सुरक्षाकर्मीले गरेको दुर्व्यवहारले ‘अ नागरिक’ महसुस हुँदो रहेछ । जुन कुरा मेरो मानसपटलबाट मोदीको ६ घण्टे भ्रमण सकिएको २४ घण्टा बितिसकेपछि पनि हट्न सकेको छैन ।

केही देख्ने बित्तिकै क्यामेरा तेर्स्याइ हाल्ने हामी पत्रकारको बानीले पनि बेलाबेलामा कचिंगल भइरहेको हुन्छ । लुम्बिनीमा पनि त्यस्तै भयो । अलिक टाढा बसेर वाइड वा क्लोज–अप कसरी हुन्छ, त्यो खिचौं भन्ने भन्दा नाकमै ठोक्किने गरी लेन्स लगेर केही फोटोपत्रकारले फोटो खिच्न खोजेको देखिन्थ्यो । एक त निजी र सरकारी मिडिया भनेर गरिने भेदभाव, त्यसमाथि अरुलाई असर नपर्ने गरी खिच्न नसक्ने अनि सधैं अगाडि नै दौडिनु पर्ने बानीले पनि लुम्बिनीमा फोटो खिच्न थप सकस बनाइदियो ।

सच्चिन त सबैले आफ्नो ठाउँबाट पर्ने नै छ । तर, सरकारले आयोजना गर्ने यस्तो किसिमको कार्यक्रममा सरकारी र निजी मिडिया, सुरक्षा दिनुपर्छ भनेर प्रमुख व्यक्तिलाई घेर्न जाने सुरक्षा निकाय, प्रोटोकल नै बिर्सिने सरकार प्रमुख र जिम्मेवार निकायले आफ्नो इमेज बनाउन नसक्दा फोटो पत्रकारलाई सधैं असहज नै हुने रहेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।