सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित
बिहीबार, ०५ जेठ २०७९, १४ : २६
![सभामुखको निर्देशनपछि बजेट छलफलमा अर्थमन्त्री उपस्थित](https://rpcdn.ratopati.com/media/albums/Janardan-sharma_8OUb2CznzS.jpg)
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनपछि अर्थमन्त्री जनार्दन शर्मा बजेट छलफलमा उपस्थित भएका छन् । प्रमुख प्रतिपक्षी दलको चासो सम्बोधन गर्नेक्रममा सभामुख सापकोटाले विनियोजन विधेयकमा उपस्थित हुन अर्थमन्त्रीलाई निर्देशन दिएका थिए ।
यसअघि, एमाले नेता विशाल भट्टराईले विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री नै उपस्थित नभएको बताउँदै उनको खोजि गरेका थिए । ‘अर्थमन्त्री बिना कसरी विनियोजन विधेयकमा छलफल गर्नु,’ उनले प्रश्न गरेका थिए । प्रतिपक्षी दलले अर्थमन्त्री खोजेपछि सभामुख सापकोटाले छलफलमा उपस्थित हुन निर्देशन दिएका थिए । प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम सम्बन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थिति हुनपर्ने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
-
एमाले निकट मेनपावर व्यवसायीले पेलेको भन्दै व्यवसायीले थाले हस्ताक्षर अभियान
-
कञ्चनजङ्घा आरोहणको ७० वर्ष : ‘हीरक महोत्सव’ हुने
-
बेलबारीमा फागुन १६ गतेदेखि प्रादेशिक ललितकला प्रदर्शनी हुने
-
जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग