सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

मिडियामा बालेन साहको छोरी जन्मिएको समाचार, श्रीमती सबिना भन्छिन्–‘हाँस्दा–हाँस्दै मर्न लागेँ’

बिहीबार, ०५ जेठ २०७९, १४ : १६
बिहीबार, ०५ जेठ २०७९

बिहिबार बिहानैदेखि बालेन साहकी श्रीमती सविना काफ्लेलाई फोन आएको आयै छ । कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन् भने कसैले छोरी पाएको हो र भनेर सोधिरहेका छन् । 

आफूले छोरी पाएको भनेर मिडियामा समाचार समेत आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् ।  काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको समाचार विभिन्न अनलाइन मिडियाले लेखेका छन् । 

धेरैले बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई पनि दिइरहेका छन् । तर वास्तविकता भने फरक रहेको छ । बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज हैन बुधबार दिउँसो छोरी जन्मिएकी हुन् । 

रातोपाटीसँग कुरा गर्दै बालेन पत्नी सबिनाले भनिन्–‘छोरी पाएको हो भनेर फोन आएको आयै छ । मैले कहाँ छोरी पाएको हुनु । मिडियामा पनि मैले छोरी जन्माएको भनेर लेखिराछन् । कसरी समाचार लेख्छन् भनेर हाँसो लागिरहेको छ । बालेनको हैन उहाँका दाजुको हिजो छोरीको जन्म भएको हो ।’ लगातार फोन आएर आफू हैरान भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप