एमसीसीको विषयमा फेरि संसदमा प्रश्न उठाए रावलले - विवादास्पद प्रावधान हटाइएको प्रमाण खोइ पेश गरेको ?
प्रतिनिधिसभामा फेरि पनि डा. भिम रावलले एमसीसीको विषयमा प्रश्न उठाएका छन् ।
गत मंगलबारदेखि जारी आर्थिक वर्ष २०७९/८० को बजेटको विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै डा.रावलले व्याख्यात्मक टिप्पणीसहित बहुमत संसदले पारित गरिएको भनिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टको विवादास्पद प्रावधान सच्याइएको प्रमाण खोइ पेश गरेको भनेर प्रश्न गरेका छन् ।
एमसीसी परियोजना प्रति तीब्र असन्तुष्टि राख्दै आएका रावले भने, ‘एमसीए नेपालको कार्यालय सञ्चालनको जिम्मेवारी समेत रहेको अर्थमन्त्रालयका मन्त्रीले प्रारम्भमा नै शिर ठाडो गरेर एमसीसी सम्झौताका राष्ट्रिय हित विपरितका, स्वाधिनता र संविधान विपरितका प्रावधानहरु व्याख्यात्मक टिप्पणीसहित अनुमोदन गरिएको भनिएको थियो । उक्त विवादास्पद प्रावधानहरु हटाइएको प्रमाण सरकारले खै पेश गरेको ?’ रावलले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे