शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विनियोजन विधेयक छलफलमा एमालेले अर्थमन्त्री खोज्यो, उपस्थित हुन सभामुख सापकोटाको निर्देशन

बिहीबार, ०५ जेठ २०७९, १३ : ३८
बिहीबार, ०५ जेठ २०७९

बुधबारदेखि प्रतिनिधि सभाको संसदमा सुरू भएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अर्थमन्त्री खोजेको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराइले छलफलमा बोल्दै अर्थमन्त्रीको उपस्थिती बारे सोधि-खोजि गरेका हुन् ।

‘विनियोजन विधेयकको छलफलमा अर्थमन्त्री आफै उपस्थित हुनुहुन्न,’ उनले भने, ‘कुनै पनि मन्त्रीज्यूहरूले छलफल भएका विषयलाई टिपेको पनि देखिँदैन ।’ अर्थमन्त्री संसदमा उपस्थित नभइ के आधारमा छलफल गर्ने भन्ने प्रश्न गर्दै भट्टराइले भने, ‘एमालेले यसको उत्तर खोजेको छ ।’

एमालेका प्रमुख सचेतक भट्टराईले उठाएको विषय सभामुख अग्निप्रसाद सापकोटाले समेत ध्यानाकर्षण गरेका छन् । ‘प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ८ बमोजिम संबन्धित मन्त्रालयका मन्त्रीको बैठकमा उपस्थितिका लागि निर्देश गर्दछु,’ सभामुख सापकोटाले भने । र, मन्त्री उपस्थित नहुञ्जेलसम्मका लागि उपस्थित नहुँदा अन्य मन्त्रालयका मन्त्रीले छलफलमा उठेको विषयलाई नोट र टिपोट गर्न समेत उनले निर्देशन दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप