
बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भएका ३७ वर्षका प्रकाश रेग्मी छन् । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा २०७९ जेठ ३ प्रकाश रेग्मीलाई १ दिन कैद र ९ लाख जरिवाना हुने फैसला गरेको थियो । बिहिबार उनलाई बुढानिलकण्ठबाट पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको केन्द्रिय अनुसन्धान व्युरोका एसपी श्याम कुमार महतोले रातोपाटीलाई बताए । २०७६ कार्तिकमा उनले दिएको मुक्तिनाथ विकास बैंकको चेक बाउन्स भएपछि पीडितले प्रहरीमा उजुरी गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ