बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

अरुण चौथो जलविद्युत निर्माणको जिम्मेवारी भारतलाई दिने निर्णयमाथि रावलले गरे प्रश्न

बिहीबार, ०५ जेठ २०७९, १३ : ३४
बिहीबार, ०५ जेठ २०७९

नेपाल विद्युत प्राधिकरणले अरुण चौथो जलविद्युत आयोजना बनाउने जिम्मेवारी भारतलाई दिएपछि नेकपा एमालेका नेता भिम रावलले प्रश्न उठाएका छन् । उनले आज विनियोजन विधेयकको दोस्रो छलफल सभामा बोल्दै अरुण चौथोमाथि भएको निर्णयबारे प्रश्न गरेका हुन् ।

उनले भने, ‘नेपाल सरकारले अरुण चौथोको निर्माण गर्न विद्युत प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । र, प्राधिकरणले भारत सरकारलाई सेयर बिक्री गर्ने निर्णय गरेको छ ।’ यसमा सरकारको कुनै औपचारिक निर्णय विना कसरी काम भए/नभएको बारे उनले जानकारी समेत मागेका छन् ।

‘एकातर्फ देशले ३२ रुपैयाँ प्रतियुनिटसम्म विद्युत खरिद गर्ने र देशमा विद्युत बढी भइरहेको हल्ला फैलाउँदै देशका नदीनाला विदेशीको हातमा सुम्पिने निर्णय विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको भेटिएन,’ उनले भने, ‘आगामी बजेटमा राष्ट्रको हित र स्वार्थका लागि काम गर्ने कुनै योजना छैन । बरु कोसी/गण्डकीकै नियति मुलुकले फेरि भोग्नुपर्ने स्थिती देखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप