आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरको गोदावरीमा काँग्रेसका उम्मेदवार विजयी

बिहीबार, ०५ जेठ २०७९, १२ : ४०
बिहीबार, ०५ जेठ २०७९

ललितपुरको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् । 

प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए । प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् भने निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका गम्भीरबहादुर रानाले १४ हजार ६७९ मत पाए । 

 उपप्रमुखमा १६ हजार १८४ मत ल्याएर काँग्रेसका अधिकारी विजयी भइन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी रमि प्रधानाङ्गले १३ हजार ४४ मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप