बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

महोत्तरीको एकडारामा जसपा निर्वाचित

बिहीबार, ०५ जेठ २०७९, १२ : ००
बिहीबार, ०५ जेठ २०७९

महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी भएका छन् । अध्यक्षमा चार हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा चार हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित  भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११ र उपाध्यक्षमा सोही दलकी रुक्साना खातुनले दुई हजार ७६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिए । गाउँपालिकामा जसपाले वडा नं  १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जीत हासिल गरेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप