आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

सिन्धुलीको सुनकोशीमा गठबन्धन विजयी

बिहीबार, ०५ जेठ २०७९, ११ : ५४
बिहीबार, ०५ जेठ २०७९

सिन्धुलीको सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली काँग्रेसका कपिल कोइराला निर्वाचित भएका हुन् । 

गाउँपालिकामा अध्यक्षमा निर्वाचित दिपाले पाँच हजार ३७६ मत र उपाध्यक्ष कपिलले ६ हजार ५९४ मत प्राप्त गरिन् । अध्यक्षका प्रतिस्पर्धी नेकपा (एमाले)का रोमनराज गिरीले पाँच हजार ९८ मत प्राप्त गरे भने उपाध्यक्ष पदकी उम्मेदवार हेमा अधिकारीले तीन हजार ९५८ मत प्राप्त गरिन् ।

सात वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी भएको छ । गठबन्धनबाट काँग्रेसले १, २, ३ र ४ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ५ र ६ नम्बर वडा जितेको छ । गठबन्धनलाई पराजित गर्दै वडा नं. ७ मा एमाले विजयी भएको छ । विसं २०७४ मा एमालेले तीन, काँग्रेसले दुई र माओवादी केन्द्रले गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित दुई वडामा जित हासिल गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप