शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

१० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

बिहीबार, ०५ जेठ २०७९, ११ : ३६
बिहीबार, ०५ जेठ २०७९

नेपाल राष्ट्रले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले बिहीबार सार्वजनिक बोलकबोलमार्फत् दुई वर्षे विकास ऋणपत्र २०८१ ‘ङ’ जारी गर्ने भएको हो । 

एक सूचना जारी गर्दै बैंकले ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक तोकिएको समयभित्र विद्युतीय माध्यम (अनलाइन) मार्फत आवेदन दिन आग्रह गरेको छ । बैंकका अनुसार ऋणपत्र २०७९ जेठ ५ गते निष्काशन भएर २०८१ जेठ ६ गते परिपक्व हुनेछ । ऋणपत्र बोलकबोल भने आज बिहीबार अपराह्न ३ बजे हुनेछ । 

यद्यपि, ऋणपत्र सार्वजनिक बोलकबोलमार्फत प्रतिस्पर्धात्मक प्रणालीमा बाँडफाँड गरिने भएपनि कुल ऋणपत्रको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ प्रतिस्पर्धात्मक प्रणालीबाटै र बाँकी रहेको १५ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँ भने विनाप्रतिस्पर्धा बाँडफाँड गरिने बैंकले जनाएको छ । तर, अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई नै विक्रि गरिने बैंकले जनाएको छ । 

अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने बैंकले जनाएको छ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५ हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंकमा दिनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप