सिरहाको औरहीमा मतगणना स्थगित
बिहीबार, ०५ जेठ २०७९, ११ : २६
![सिरहाको औरहीमा मतगणना स्थगित](https://rpcdn.ratopati.com/media/albums/siraha-baithak_6QJ5YMbYCY.jpg)
सिरहाको औरही गाउँपालिकाको मतगणना स्थगित भएको छ । गाउँपालिकाको वडा नम्बर १ को हरकट्टी मतदान केन्द्रको मतपेटिकाको सुरक्षण सील भाँचेको फेला परेकाले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले असन्तुष्टी राखेपछि मतगणना स्थगित गरिएको हो ।
विवाद पछि सर्वदलीय बैठक बसेको छ । बैठकले सुरक्षण सील तोडिएको मतपेटिका बारे छानबिन गर्न निर्वाचन आयोगलाई आग्रह गर्ने दलहरूको बीचमा सहमति भएको निर्वाचन अधिकृत पिताम्बर गौतमले जानकारी दिए ।
निर्वाचन आयोगको निर्देशन अनुसार पुनः दलहरुबीचमा छलफल गरी आगाडि बढ्ने उनले बताए ।
औरही गाउँपालिकाको ५, ४ र ३ वडाको मतगणना भइसकेको छ । २ नम्बर वडाको मतगणना भइरहेको थियो । तीनवटा वडामध्ये ४ नम्बर वडा माओवादी केन्द्रले जितेको छ भने दुइटा वडा जसपाले जितेको छ । हालसम्म अध्यक्ष र उपाध्यक्षमा जसपाले अग्रता लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा