जित्नै पर्ने दबाबमा नेपाल
बिहीबार, ०५ जेठ २०७९, १० : ३०
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले तेस्रो महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आज (बिहीबार) युगान्डासँग खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बज सुरु हुनेछ । यसअघिको दुई खेलमा पराजित भएको नेपाल आजको खेलमा सजह जित निकाल्दै सिरिज जोगाउने योजनामा हुनेछ ।
पाँच महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा युगान्डाले पहिलो खेलमा १२ रन र दोस्रो खेलमा एक विकेटको जितका साथ २–० को अग्रता लिएको छ । युगान्डा आजको खेलमा पनि जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । त्यसैले नेपाललाई आजको खेलमा जित निकाल्नै पर्ने दबाब छ । नेपालले खेलेका दुबै खेलमा फिल्डिङको कमजोरी देखिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले आजको खेलमा फिल्डिङमा सुधार गर्ने योजना रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या