मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि शाही विजयी

बिहीबार, ०५ जेठ २०७९, १० : २४
बिहीबार, ०५ जेठ २०७९

बाजुराको जगन्नाथ गाउँपालिकाको अध्यक्षमा फेरि कालीबहादुर शाही विजयी भएका छन् । शाही ०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । शाहीले दुई हजार ३१९ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुन्दर विष्टले एक हजार ८७० मत पाए । शाही र विष्टको मतान्तर ४४९ छ ।

उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मरुकला विष्ट विजयी भएकी छन् । उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धर्म बहादुर शाहीलाई ५३० मतको फरकले हराउन सफल भइन् ।

नेकपा एमालेकी उम्मेदवार विष्टले दुई हजार १८३ शाहीले एक हजार ६८० मत पाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप