अपडेटः अग्रता बढाउँदै रेनु, उपमेयरमा चित्रसेनको लगातार अग्रता
बिहीबार, ०५ जेठ २०७९, १० : १८

भरतपुर महानगरपालिका गठबन्धनका दुबै उम्मेदवारले अग्रता बनाएका छन् । माओवादी केन्द्रबाट मेयर उम्मेदवार रेनु दाहालले पछिल्लो समय अग्रता बढाउँदै लगेकी छन् भने काँग्रेसबाट उपमेयर उम्मेदवार रहेका चित्रसेन अधिकारीले निरन्तर अग्रता बनाइरहेका छन् । बिहीबार बिहान १० बजेको मत परिणामअनुसार रेनुले ३,०५७ मतको अग्रता बनाएकी छन् ।
३९,९६१ गणना गर्दा गर्दा मेयरमा दाहालले १५,१३४ मत पाएकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १२,०७७ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६२५३ मत पाएका छन् ।
उपमेयरमा अधिकारीले १७,५३५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले मात्र ९७३२ मत पाएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित