
विराटनगर १२ को मतगणना पुनः सुरु

विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले पछि सरेको हो ।
विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्रेसको रुखमा र ३ वटा जसपाको छातामा मत परेको थियो । वडामा जसपाको अग्रता छ । विराटनगरका ३, ४, ५, ६, ८, ९ र ११ नम्बर वडाको भने मतगणना भइरहेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ