वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ८ हजार मतले अगाडि
![वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ८ हजार मतले अगाडि](https://rpcdn.ratopati.com/media/albums/rajeshman-sing-birgunj_oci6Xo8ShK.jpg)
वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १६ हजार ११३ मत ल्याएका छन् । सिंहका निकटतम् प्रतिस्पर्धी एमालेका विजय सरावगीले ८ हजार २०५ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले ७ हजार ९०८ मतले अगाडि छन् । साथै प्रमुखमा राप्रपाका उम्मेदवार गिरीश गिरीले ७०८ मत ल्याएका छन् ।
महानगर उपप्रमुख पदमा पनि गठबन्धका उम्मेदवार ९ हजार १९० मतले अगाडी छन् । गठबन्धनका उम्मेदवार इम्तियाज आलमले ११ हजार ४६३ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले २ हजार २७३ मत प्राप्त गरेका छन् । महानगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार ६६३ र राप्रपाकी उम्मेदवार बिना जैसबालले १ हजार १९३ मत ल्याएकी छिन् ।
३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म वडा नं १,२,३,४,५,६,२९,३०,३१ र ३२ गरी ९ वटा वडाको मतगणना घोषणा भईसकेको छ । महानगरको घोषणा भएका ९ वटा वडा मध्ये जसपाले ५, काँग्रेस र एमालेले २÷२ वटा वडामा विजय हासिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत टी-२० विश्वकपको फाइनलमा प्रवेश
-
टीआरसीका बाँकी बुँदामा सहमति खोज्न प्रमुख दल सहमत
-
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
-
अबको केन्द्रीय समिति बैठकबाट विशेष महाधिवेशनको मिति तोक्ने प्रचण्डको घोषणा
-
बागमतीमा बजेट प्रणाली निर्माणमा अर्थमन्त्री र मुख्यमन्त्रीबिच मतभेद
-
केही राजदूतको सिफारिस पुनर्विचार गर्ने मनस्थितिमा सरकार