११ औं पटकमा वडाध्यक्षमा फेल भए ८१ वर्षीय व्यञ्जनकार
बिहीबार, ०५ जेठ २०७९, ०८ : ५८

ललितपुर महानगरपालिका वडा नम्बर १० मा स्वतन्त्र उम्मेदवार बनेका नरसिंह व्यञ्जनकार पराजित बनेका छन् । यसअघि १० पटकसम्म वडाध्यक्षमा निर्वाचित बनेका उनी यस पटक भने पराजित बनेका छन्। ११ औं पटक वडाध्यक्ष निर्वाचित हुने उनको योजनालाई काँग्रेसका उम्मेदवारले ब्रेक लगाइदिए ।
वडा नम्बर १० को अन्तिम मतपरिणाम अनुसार व्यञ्जनकारले ५४३ मत पाउँदा नेपाली काँग्रेसका उम्मेदवार रविन मान व्यञ्जनकारले ८२५ मत पाए । यस्तै राप्रपाका वीरबहादुर तामाङले ८० तथा माओवादीका रघुनाथ दुलालले ४७ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ११ पटक पनि अध्यक्ष बन्ने योजनामा रहेका व्यञ्जनकार ८१ वर्ष पुगिसकेका छन् । उनी २०२९ सालदेखि पटक पटक गरेर १० पटक वडाध्यक्ष बनिसकेका थिए ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिराज र सुशीलसँग रोमान्स गर्दै दिव्या रायमाझी
-
हुन्डाई इलेक्ट्रिक सवारीसाधनमा आकर्षक प्रि-बजेट अफर
-
द्वन्द्वकालमा विद्रोही पक्षबाट हत्या गरिएका पत्रकार डेकेन्द्रराजको घरमा पुगे प्रचण्ड
-
बलमिचाइँका साथ प्रकृति दोहन गर्दै प्लटिङ, तस्बिरमा हेर्नुहोस्
-
विद्यार्थी हत्या प्रयासको आरोपमा पक्राउ परिन् बङ्गाली अभिनेत्री नुसरत फारिया
-
‘महाराजधिराज’मा दुई वर्षा, अरू को–को भए फाइनल ?