आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

युरोपा लिगको उपाधि फ्रान्कफर्टलाई

बिहीबार, ०५ जेठ २०७९, ०८ : ५६
बिहीबार, ०५ जेठ २०७९

इंग्लिस क्लब रेन्जर्सलाई पेनाल्टीमा हराउँदै जर्मन क्लब फ्रान्कफर्टले युरोपा लिग फुटबलको उपाधि जितेको छ ।

बुधबार राति फाइनलमा रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५-४ अन्तरले हराउँदै फ्रान्कफर्ट च्याम्पियन बनेको हो । खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो पेनाल्टीमा भएको थियो । ​फ्रान्कफर्ट सन् १९९७ पछि युरोपा लिग जित्ने पहिलो बुन्डेसलिगा क्लब बन्यो । यसअघि खेलको ५७औं मिनेटमा जोइ अरिबोले गोल गर्दै रेन्जर्सलाई अग्रता दिलाए । ६९औं मिनेटमा राफेल सान्तोसले गोल गर्दै फ्रान्कफर्टलाई १-१ गोलको बराबरीमा ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप