बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बाबुरामको गृहनगर पालुङटारमा माओवादी केन्द्र विजयी

बिहीबार, ०५ जेठ २०७९, ०८ : ४४
बिहीबार, ०५ जेठ २०७९

जनता समानवादी पार्टी (जसपा)का संघीउ अध्यक्ष बाबुराम भट्टराईको गृह नगर गोरखाको पालुङटार नगरपालिकाको माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका उम्मेदवार मेयर विवश चिन्तन ६ हजार ७२ मतसहित निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले ५ हजार ७ सय १७ मत मा ल्याए । यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डेले ५ हजार ५ सय ७९ मतसहित निर्वाचित भएकी छिन् । 
 उनले निकटतम प्रतिस्पर्धी काँग्रेस उम्मेदवार चेतकुमारी श्रेष्ठलाई पराजित गरेकी हुन् । श्रेष्ठले ५ हजार ७७ मत पाइन् ।

माओवादीले जसपा र एमालेबीच तालमेलका बीच पालुङटार हात पारेको हो । काँग्रेससँगको तालमेल भाँडिएपछि पालुङटारमा जसपाले मेयर र एमालेले उपमेयर लिने गरी तालमेल भएको थियो । जसपासँगको तालमेल भत्काउन काँग्रेस लागि पनि घातक भएको छ । २०७४ मा काँग्रेसले जितेको प्रमुख पद माओवादीले खोसेको छ । माओवादीले प्रमुख जितेर उपप्रमुख पनि जोगाउन सफल भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप