बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कम्बोडियामा पुरुषको यौनाङ्ग जस्तै फूल टिपेको भिडियो भाइरल भएपछि ....

बिहीबार, ०५ जेठ २०७९, ०७ : ५०
बिहीबार, ०५ जेठ २०७९

तीन जना किशोरीले पुरुषको यौनाङ्ग जस्तो विरुवाको फूल टिपेको भिडियो भाइरल भएपछि कम्बोडिया सरकारले यो लोप हुने डरले सर्वसाधारणलाई त्यस्ता गतिविधिमा संलग्न नहुन चेतावनी दिएको छ । पुरुषको यौनाङ्ग जस्तो देखिने नेपेन्थिस होल्डेनी  सामान्यतया पश्चिमी कम्बोडियाको पहाडी क्षेत्रमा पाइन्छ ।

बिरुवाहरू कम पोषकतत्वयुक्त माटोमा हुर्किन्छन् । अमृत र मीठो सुगन्धमार्फत किरालाई आकर्षित गर्ने यो विरुवालाई ‘मांशहारी’ पनि भनिन्छ । एउटा फेसबुक पोस्टमा वातावरण मन्त्रालयले भाइरल भिडियोप्रति संकेत गर्दै लेखेको छ, ‘उनीहरूले जे गरिरहेका छन् त्यो गलत हो र भविष्यमा फेरि  नगर्नुहोस ।  प्राकृतिक स्रोतहरू माया गर्नुभएकोमा धन्यवाद । तर, विरुवा नचुडाल्नुहोस, नत्र भने त्यो मासिन्छ ।’

भिडियोमा कम्बोडियाको कम्पोट प्रान्तको बोकोर पहाडमा तीन जना महिलाले लोपोन्मुख फूल टिप्दै गरेको देखाइएको छ । हालैका वर्षहरूमा स्थानीय र पर्यटकहरूले बढ्दो दरमा रमाइला लाग्ने यस्ता वनस्पतिहरू टिप्ने र सामाजिक सञ्जालमा पोस्ट गर्न सेल्फी खिचिरहेका छन् । 

निजी जग्गामा कृषि विस्तार र संरक्षित क्षेत्रमा पर्यटन उद्योगको वृद्धिका कारण कम्बोडियामा मांसाहारी बिरुवाहरूको प्राकृतिक बासस्थान घटेको साइन्स डेलीले कम्बोडियन जर्नल अफ नेचुरल हिस्ट्रीमा २०२१ को अध्ययनलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।​ रमाइलोको लागि विरुवा टिप्दा त्यसको अस्तित्व समाप्त हुने वातावरणविदहरूले चेतावनी दिँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप