शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सिद्धार्थनगरको मेयरमा काँग्रेस विजयी, उपमेयरमा माओवादी पराजित

बिहीबार, ०५ जेठ २०७९, ०६ : ४६
बिहीबार, ०५ जेठ २०७९

रुपन्देहीको सिद्धार्थनगर नगर पालिकामा नेपाली काँग्रेसका इश्तियाक अहमद खान विजयी भएका छन् । मतगणना सुरु भए देखि नै अग्रता लिएका खानले ९ हजार १ सय ३४ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सागर प्रताप राणाले ८ हजार १ सय ३७ मत र नेकपा एमालेका डाक्टर राम प्रसाद बस्यालले ७ हजार ३ सय ५ मत र जसपाका मातृकाप्रसाद यादवले १ हजार ९ सय ८९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

उपप्रमुखमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै एकल प्रतिस्पर्धामा उत्रिएको नेकपा (एमाले)का उम्मेदवार उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारी ८ हजार ८ सय १३ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी उम्मेदवार विनीता गुप्ताले ६ हजार ५ सय ४४ मत प्राप्त गरिन् । त्यस्तै गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार कमला थापाले ४ हजार ५ सय ४२ मत प्राप्त गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप