गठबन्धनलाई हराउँदै घोराहीमा एमालेले जित्यो मेयर-उपमेयर
बिहीबार, ०५ जेठ २०७९, ०६ : ३५
सत्ता गठबन्धनलाई हराउँदै घोराही उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको छ । एमालेका नरुलाल चौधरी ५ हजार ३ सय ६० मतान्तरले विजयी भएका हुन् । उनले ३१ हजार ७ सय २८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्माले २६ हजार ३ सय ६८ मत मात्र पाए ।
यस्तै उपप्रमुखमा पनि एमालेकी हुमाकुमारी डिसी विजयी भएकी छन् । उनले ३० हजार ४ सय ३ मत पाउँदा निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट काँग्रेसका भूपबहादुर डाँगीले ३० हजार ३ सय ५४ मत मात्र पाए ।
डाँगी २०७४ मा प्रमुखमा प्रतिस्पर्धा गरेर एमालेका चौधरीसँग पराजित भएका थिए । घोराहीमा एमालेले १९ मध्ये १३ वडा जित्दा काँग्रेसले ५ र माओवादी केन्द्रले एक मात्र वडा जितेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त