
एक जापानी युवकले झुक्किएर खातामा आएको ४.६ करोड येन कोभिड अनुदान सबै जुवामा उडाइदिए
गत अप्रिल एक जना जापानी युवकको खातामा झुक्किएर कोभिड–१९ अनुदान कोषको ४ करोड ६३ लाख येन ट्रान्फर भयो । ती युवकले दुई साताको समयमा त्यो सम्पूर्ण रकम जुवा खेलेर सकाइदिए । जापानमा त्यहाँका स्थानीय सरकारले महामारीको समयमा आर्थिक रुपमा संघर्षरत परिवारलाई सहायता रकम दिइरहेका छन् ।
यसै कार्यक्रम अन्तरगत पश्चिम जापानको अबु नगर सरकारले २४ वर्षे युवकलाई अप्रिलमा अनुदान रकम पठाइएको थियो । तर ती व्यक्तिको खातामा १,००,००० येन जानुपर्नेमा, सो क्षेत्रका ४६३ जना न्युन आय भएका सबै परिवारको रकम ट्रान्सफर हुन थियो ।
स्थानीय सरकारले यो गल्ती ढिलो गरी मात्र थाहा पायो । उसले मे १२ मा रकम फिर्ता गर्न मुद्दा हाल्यो । एक्लै बस्ने गरेका युवकले भर्खरै गरिरहेको पसलको काम छाडेका थिए । प्रशासनको सम्पर्कमा आएर उनले आफूले नगदी फिर्ता गर्ने सहमति जनाए । तर फेरि बयान फेर्दै उनले आफ्नो खातामा पैसा नरहेको बताए ।
बैंकको रेकर्डले भने उनले अप्रिल ८ देखि २१ बीचमा बैंक खाताबाट सम्पूर्ण पैसा निकालेको देखायो । यो साता युवकको वकिलले खातामा आएको सम्पूर्ण रकम मोबाइलमा खेल्न मिल्ने अनलाइन क्यासिनो खेलेर नष्ट गरेको बताए । साथै वकिलले उनको क्लाईन्टसँग धनसम्पत्ति नरहेकाले पैसा फिर्ता गर्न नसक्ने बताए ।
अबुका मेयर नोरिहिको हमादाले युवकबाट पैसा फिर्ता गर्न सम्पूर्ण कदम चालिने बताए । कानुनका विज्ञले व्यक्तिबाट पैसा उठ्ने सम्भावना कम रहेको बताए ।
‘यदि सहर प्रशासनले मुद्दा जितिहाल्यो भने पनि उनीसँग धनसम्पत्ति नभएको अवस्थामा पैसा उठाउन गाह्रो छ,’ कोबेस्थित कोनान विश्वविद्यालयका कानुनका प्रोफेसर मैनाची सोनोदाले भने । सोनोदाले युवकको काममा ‘नैतिक रुपमा प्रश्न उठाउन सकिने’ भए पनि जापानी कानुनले व्यक्तिलाई आफ्नो खातामा रहेको रकम झिक्ने अधिकार दिएको छ ।
समाचार अनुसार २४ वर्षे युवकको रकम गएर किस्ता रोकिएका परिवारको खातामा १ लाख येन पठाइएको छ । –द गार्जियनबाट
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ