बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि

बिहीबार, ०५ जेठ २०७९, ०० : ०८
बिहीबार, ०५ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ :५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको हो ।

भरतपुरमा आजसम्म ३४१८१ मतगणना सम्पन्न भएको छ । जसमा रेनु दाहालले १२७२९ मत पाउँदा पछिपछि रहेका एमालेका उम्मेदवार विजय सुवेदीले १०२०० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५४८१ मत पाएका छन्।   

यसैगरी उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले १४९९० मत पाएका छन् । यस्तै राप्रपाकी हिमला गुरुङले ८२७७ मत पाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप