बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

डोटीमा काँग्रेसको सानदार जित, एमालेले गुमायो वर्चश्व

बुधबार, ०४ जेठ २०७९, २२ : ४६
बुधबार, ०४ जेठ २०७९

९ स्थानीय तह रहेको डोटीमा नेपाली काँग्रेसले दुई नगरपालिका र पाँच गाउँपालिका गरी जम्मा ७ पालिकाको नेतृत्व पाएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा काँग्रेसले डोटी जिल्लामा सानदार नतिजा ल्याएको हो ।

२०७४ को स्थानीय तहमा एउटा नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व जितेको काँग्रेसले यो पटक थप चार पालिकाको नेतृत्वमा जित हासिल गरेको हो । २०७४ को निर्वाचनमा एमालेले एउटा नगरपालिका र चार गाउँपालिका गरी पाँच पालिकाको नेतृत्व जितेको थियो भने एउटा पालिकाको नेतृत्व नेकपा माओवादी केन्द्रले जितेको थियो ।

हालै सम्पन्न निर्वाचनमा एमालेले डोटीको एउटा नगरपालिका र एउटा गाउँपालिकाको नेतृत्वमा मात्र जित हासिल गरेको छ । माओवादी केन्द्रले एउटा पालिकाको नेतृत्व पाएको छ । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरको गृह जिल्ला पनि हो डोटी । पर्यटन मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता प्रेम आले पनि डोटीकै हुन् ।

डोटीका ९ पालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी १८ पदमध्ये नेपाली काँग्रेसले १५ पदमा जितेको छ ।

आदर्श गाउँपालिका : काँग्रेसले खोस्यो

आदर्श गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका गणेश बहादुर खड्का ३ हजार ७७३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका डम्बर बहादुर ओलीले ३ हजार ३७७ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका टेक बहादुर रोकाया ३ हजार ५३५ मत ल्याएर अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका लक्ष्मण बहादुर सिंहले २ हजार ७०६ मत पाएका थिए ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मी धामी ३ हजार ६७४ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी जानकी शाहीले ३ हजार ३८९ मत प्राप्त गरेकी छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा  एमालेकी कमला देवी ओझा ३ हजार ५३७ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी कृष्णा ओझाले २ हजार ६४२  मत पाएकी थिइन् ।

अघिल्लो निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको एमालेले यस पटक दुवै पद गुमाएको छ ।

के.आई.सिं. गाउँपालिका : काँग्रेसले जोगायो

के.आई.सिं. गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लोकेन्द्र बहादुर शाही ४ हजार २६३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका केशव नाथ योगीले २ हजार ६२१ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि यो पालिकाको अध्यक्ष नेपाली काँग्रेसका लोकेन्द्र बहादुर शाहीले नै जितेका थिए । त्यतिबेला उनले ३ हजार १८८ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका यज्ञ राज जोशीले १ हजार ५६३ मत पाएका थिए ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी मीनादेवी विष्ट ४ हजार ७२ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी निर्मल कुमारी अवस्थीले २ हजार ५३६ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्षमा नेपाली काँग्रेसकी मीनादेवी विष्ट ३ हजार १७५ मतका साथ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मी देवी जोशीले १ हजार ६१९ मत प्राप्त गरेकी थिइन् ।

अघिल्लो निर्वाचनमा यो पालिकाको अध्यक्ष र उपाध्यक्ष गरी दुवै पद जितेको काँग्रेसले यस पटक पनि दुवै पदमा जित हासिल गरेको हो ।

जोरायल गाउँपालिका : एमालेले जोगायो

जोरायल गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्गा दत्त ओझा ३ हजार ४४९ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिपककुमार विष्टले ३ हजार ४१२ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका दुर्गा दत्त ओझाले ३ हजार ८७४ मतका साथ यो पालिकाको अध्यक्षमा विजय हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेस दिपक कुमार विष्टले ३ हजार २२८ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा एमालेकी जमुना कुमारी बोहरा ३ हजार ५९९ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी चन्द्राकुमारी साउदले ३ हजार ५१७ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा एमालेकी जमुना कुमारी बोहरा ३ हजार ९५९ मतका साथ विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी भावना कुमारी बम (ओझा) ले ३ हजार ४६ मत प्राप्त गरेकी थिइन् ।

२०७४ को निर्वाचनमा एमालेले यो पालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै जितेकोमा अहिले पनि इतिहास दोहो¥याएको छ ।

दिपायल सिलगढी नगरपालिका : एमालेले गुमायो

दिपायल सिलगढी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका बाजी सिं खड्का ५ हजार १३८ मतका साथ निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण मलासीले ३ हजार ५१५ मत प्राप्त गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा यो पालिकाको प्रमुखमा एमालेका मन्जस मलासी ४ हजार ४२८ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका बाजी  सिं  खड्काले ४ हजार १५२ मत पाएका थिए ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसकी कलावती महर (साउद) ४ हजार ७६८ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी रुपा कठायतले ४ हजार १२९ मत प्राप्त गरिन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा एमालेका शिवराज खड्का ४ हजार ५३७ का साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रसीस महराले ४ हजार ९३ मत प्राप्त गरेका थिए ।

पूर्वीचौकी गाउँपालिका ः एमालेले गुमायो

पूर्वीचौकी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामप्रसाद उपाध्याय ५ हजार १३३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण कुमार खड्काले २ हजार २०५ मत प्राप्त गरे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा यो पालिकाको अध्यक्षमा एमालेका दीर्घराज वोगटी ३ हजार ६१५ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका राम प्रसाद उपाध्यायले ३ हजार ५३८ मत पाएका थिए ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेस पशुपति खड्का विजयी भएका छन् । खड्काले ४ हजार ७२४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी एमालेकी शारदा कुमारी साउदले २ हजार ४४४ मत प्राप्त गरेकी छन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष एमालेकी निर्मला देवी साउद ३ हजार ५८७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी मायाँ देवी कुँवरले ३ हजार ५२८ मत पाएकी थिइन् ।

बडीकेदार गाउँपालिका ः काँग्रेसले जोगायो

बडीकेदार गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका भैरव बहादुर साउदले अध्यक्षमा २ हजार ३४३ मतका साथ विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरे ।

२०७४ को स्थानीय तह निर्वाचनमा अध्यक्षमा नेपाली काँग्रेसका कृष्णबहादुर चन्द २ हजार ३२१ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका भक्त बहादुर साउदले १ हजार ९९८ मत पाएका थिए ।

यस्तै, उपाध्यक्षमा नेपाली काँग्रेसकी डम्मरी कुमारी विष्ट २ हजार ४०७ मतका साथ विजयी भएका छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा नेपाली काँग्रेसकी इन्द्रा कुमारी वोहरा २ हजार २२५ मतका साथ विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी भुवन कुमारी बम (मल्ल)ले २ हजार २८ मत प्राप्त गरेकी थिइन् ।

बोगटान फुङ्सिल गाउँपालिका ः माओवादीले जोगायो, एमालेको गुमायो

बोगटान फुङ्सिल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कमल बहादुर गडसीला २ हजार ५८ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हस्तबहादुर बुढाले २ हजार २४ मत प्राप्त गरे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि माओवादी केन्द्रका कमल बहादुर गडसीला २ हजार ८९ मतका विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका दिल बहादुर बमले १ हजार ७१४ प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा अध्यक्ष पद जितेको माओवादी केन्द्रले यो पटक पनि आफ्नो वर्चश्व जोगाएको हो ।

उता उपाध्यक्षमा नेपाली काँग्रेसकी विष्ना देवी बम २ हजार ६३ मतका साथ विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी ज्ञानु कुमारी मल्लले १ हजार ९९१ प्राप्त गरिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा एमालेकी भगवती देवी बम १ हजार ८९४ मतका साथ विजेता बन्दा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी चन्द्रा  देवी  भुलले १ हजार ८८६ मत प्राप्त गरेकी थिइन् । अघिल्लो निर्वाचनमा उपाध्यक्ष जितेको एमालेले यो पटक गुमाएको हो ।

शिखर नगरपालिका ः काँग्रेसले जोगायो

शिखर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका दीर्घ बहादुर बलायर ६ हजार ५६३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भिमबहादुर वलायरले ४ हजार ५९१ मत प्राप्त गरे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा यो पालिकाको प्रमुखमा नेपाली काँग्रेसका सिताराम जोशी ५ हजार ३५३ मतले विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका शेर बहादुर मल्लले ४ हजार ४३७ मत पाएका थिए ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी सुनिता रावल ६ हजार ४२६ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मी देवी मल्लले ४ हजार ६४५ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा यो पालिकाको उपप्रमुखमा नेपाली काँग्रेसकी धौली देवी ५ हजार ३३५ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी राधिका बोहराले ४ हजार ४७० मत प्राप्त गरेकी थिइन् ।

सायल गाउँपालिका ः काँग्रेसले खोस्यो

सायल गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका धर्म राज जोशी ३ हजार २४३ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका तेज बहादुर डुम्रेले २ हजार २४० मत प्राप्त गरे ।

२०७४ को स्थानीय तहको निर्वाचनमा अध्यक्षमा एमालेका तेज बहादुर डुम्रे २ हजार ६३१ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका धर्म राज जोशीले २ हजार ३१२ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी निर्मला बोहरा (ओली) २ हजार ९३७ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बिस्ना देवी सिंहले २ हजार १५४ मत प्राप्त गरिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्षमा एमालेकी बिस्ना देवी सिंहले २ हजार ७२४ मतका साथ विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी  पूर्ण माया  थापाले २ हजार २५८ मत पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप