धादिङको गंगाजमुना गाउँपालिकामा काँग्रेस विजयी

धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ । सो गाउँपालिकामा काँग्रेसका भक्तबहादुर लामा विजयी भएका हुन् । उनले ६ हजार २ सय ६२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका रामेश्वर सिंखडा विजयी भएका छन् । सिंखडा पाँच हजार ३८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी एञ्जिला तामाङले चार हजार एक सय ९६ मत प्राप्त गरेकी छन् । अध्यक्ष र उपाध्यक्षमा विजयी दुवै जना गठबन्धन दलबाट उम्मेदवार बनेका थिए ।
सोही गाउँपालिका १ को वडा अध्यक्षमा माओवादी केन्द्रका बहादुर तामाङ, वडा नम्बर २ मा नेपाली काँग्रेसका बलबहादुर तामाङ, वडा नम्बर ३ मा नेपाली काँग्रेसका राजकुमार गुरुङ, वडा नम्बर ४ मा नेकपा एमालेका प्रेम घले, वडा नम्बर ५ मा माओवादी केन्द्रका कुमारबहादुर अधिकारी, वडा नम्बर ६ मा नेकपा एमालेका रमेश ढकाल र वडा नम्बर ७ मा एकीकृत समाजवादीका रविन अधिकारी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईफामा लापता लेडिजको वचर्श्व, उत्कृष्ट फिल्म सहित १० अवार्ड
-
नेपालमा लोडसेडिङको हट्नुमा कसको कति योगदान ?
-
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको सम्बोधन ||LIVE||
-
बजेटबारे उपप्रधानमन्त्री सिंहले गरे उपत्यकाका जनप्रतिनिधिसँग छलफल
-
डाइटिङका कारण केरलामा एक युवतीको मृत्यु
-
सत्तापक्षका सांसदको प्रश्न : विपद् व्यवस्थापन प्राधिकरण कहाँ छ ?