निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेले निक्षेप संकलन तथा कर्जा बिस्तार दुबैमा उच्च वृद्धि गरेको छ । गत वैशाख महिनामा २७ वटा वाणिज्य बैंकहरुमध्येकै निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा रहन सफल भएको हो । गत वैशाख महिनासम्ममा बैंकले २४.३५ प्रतिशतले निक्षेप बृद्धि गर्दै ३१.९८ प्रतिशतले कर्जा लगानी बृद्धि गरेको छ ।
२७ वटा बाणिज्य बैंकहरुमध्ये १९ वटा बाणिज्य बैंकहरुको निक्षेप बृद्धि भएको छ भने ८ वटा बाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको छ । बाणिज्य बैंकहरुको औसत निक्षेप बृद्धिदर ६.२३ प्रतिशत रहेको छ । त्यसैगरि २७ वटै बाणिज्य बैंकहरुको कर्जा विस्तारमा बृद्धि भएको छ । औषतमा बाणिज्य बैंकहरुको कर्जा विस्तारमा १७.४३ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
वैशाख मसान्तसम्मा बाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस अवधिमा १८ वटा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) नेपाल राष्ट्र बैंकले तोकेको सिमा ९० प्रतिशत भन्दा बढि रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात (सिडि रेसियो) भने राष्ट्र बैंकले तोकेको सीमाभित्र नै (८९.६५ प्रतिशत) रहेको छ । औसतमा बाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात ९०.८८ प्रतिशत रहेको छ ।
नेपालभर २१३ शाखाहरु, १७० एटिएम मेसिन साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको नेपाल बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
विगत केहि बर्ष यता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपालभर बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला