सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

चुनावका कारण बैंकहरुको कर्जा र निक्षेप दुबै घट्यो

बुधबार, ०४ जेठ २०७९, २२ : १०
बुधबार, ०४ जेठ २०७९

स्थानीय निर्वाचन, २०७९ जारी रहेकै हप्ता बैंकिङ कर्जा लगानी र निक्षेप सकल दुबै घट्न पुगेको छ । बैंकर्स संघले सार्वजनिक गरेको रिपोर्टअनुसार पछिल्लो हप्ता अर्थात् वैशाख २३ गतेदेखि वैशाख ३० गतेसम्म २७ वाणिज्य बैंकहरुको निक्षेप संकलन ३ अर्ब रुपैयाँले घट्दै ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको हो । अघिल्लो हप्ता अर्थात् गत बैशाख १६ गतेदेखि २३ गतेसम्म यस्तो निक्षेप बैंकहरुले ५ अर्बले वृद्धि गर्दै ४३ खर्ब ७३ अर्ब रुपैयाँ संकलन गरेका थिए । 

चुनावी खर्चकै कारण निक्षेपकर्ताहरुले पैसा राख्नु साटो झिक्दा निक्षेप घट्न पुगेको संघको भनाइ छ ।  त्यसो त निर्वाचनकै कारण लगानीको वातावरण समेत नहुदा बैंकहरुको कर्जा समेत घट्न पुगेको छ । 

अघिल्लो हप्ता हप्ता नै करिब ४ अर्बले कर्जा लगानी घट्दै ४१ खर्ब ९३ अर्ब रुपैयाँ मात्र लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता थप दुई अर्बले कर्जा लगानी घटाएका छन् । बैंकर्स संघका अनुसार बैशाख २३ गतेदेखि ३० गतेसम्म बैंकहरुले जम्मा ४१ खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप