महोत्तरीको पिपरा गाउँपालिकामा जसपा विजयी
बुधबार, ०४ जेठ २०७९, २२ : ०५
![महोत्तरीको पिपरा गाउँपालिकामा जसपा विजयी](https://rpcdn.ratopati.com/media/albums/jsp-chunab-election-jasapa_kTMsc6dj7I.jpg)
महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन् । जसपाका उम्मेदवार रामजानकी यादव ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन् ।
त्यस्तै उपाध्यक्षमा जसपा नेपालकी बन्दना पाण्डेय निर्वाचित भएकी छन् । उनले ५ हजार ४० मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत ल्याएकी छन् । भने एमालेकी नानु कुमारी दासले २ हजार ३४३, नेपाली कांग्रेसकी आशाकुमारी यादवले १ हजार ६३० मत ल्याएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमरेशको आरोप– कुलमान हटाउने र सभापतिले श्रीमतीलाई नबचाएसम्म लेखा समिति बैठक बस्दैन
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस