शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

बुधबार, ०४ जेठ २०७९, २१ : ४४
बुधबार, ०४ जेठ २०७९

मकवानपुरको मनहरी गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार रञ्जन कालाखेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सीता पुलामी विजयी भएका छन् । 

निर्वाचन अधिकृतको कार्यालयले बुधबार साझ सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सत्तारुढ गठबन्धन तर्फका उम्मेदवार रहेका कालाखेतीले ९ हजार ३ सय १६ मत पाउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले ४ हजार ९ सय ७० मत पाए ।

६ हजार ४ सय ७० मतसहित नेकपा माओवादी केन्द्रकी सीता पुलामी पालिकाको उपाध्यक्ष निर्वाचित भइन् । उपाध्यक्षका आकांक्षी नेकपा एमालेकी उम्मेदवार सुजिता थिङले ५ हजार ४ सय ५४ मत प्राप्त गरिन् ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडाको अध्यक्ष जितेर पालिका हाँकेको नेकपा एमाले यस पटकको निर्वाचनमा ४ जना वडा सदस्यमा सीमित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप