
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रुपन्देहीको बुटवलमा बुधबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा गुल्मीका अन्दाजी ४० वर्षीय वसन्त ज्ञवालीको ज्यान गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका- १ स्यालापोखरी निवासी उनको बुटवलबाट योगिकुटीतर्फ जाँदै गर्दा सोही दिशमा आइरहेको मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईप्रका बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार लु ७९ प ९१६० नम्बर को मोटरसाइकलमा सवार ज्ञवाली दुर्घटनामा पर्न साथ प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ