प्रदेश १ मा ०७४ का २९ विजेता ०७९ मा पराजित
विराटनगर । प्रदेश १ मा स्थानीय तहको निर्वाचनमा दोहोरिन खोज्ने २९ जना निवर्तमान जनप्रतिनिधि पराजित बनेका छन् । जसमध्ये सबैभन्दा बढी एमालेका १४ जना छन् । २०७४ को निर्वाचनमा जितेका काँग्रेसका १०, माओवादीका ३, राप्रपाका एक र जसपाका एक जना यस पटक पराजित भएका हुन् ।
२०७४ मा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षमा जसपाबाट जितेका महेन्द्र यादव यसपटक एमालेबाट उम्मेदवार बनेका थिए । उनी काँग्रेससँग पराजित भए । काँग्रेसका अजमल अख्तर मिया ४ हजार ९९३ मत ल्याएर निर्वाचित हुँदा यादवले ३ हजार ६५५ मत पाए ।
यस्तै अघिल्लो निर्वाचनमा एमालेबाट विजयी बनेका ताप्लेजुङको फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल पनि यस पटक पराजित भए । उनी काँग्रेसका अमिर मादेनसँग पराजित भएका हुन् । मादेनले ६ हजार १७९ मत ल्याउँदा प्याकुरेलले ३ हजार ८९२ मतमात्रै पाए ।
यस्तै एमालेबाटै उम्मेद्वार बनेका फाक्ताङलुङका निवर्तमान अध्यक्ष सरोज लिम्बूलाई माओवादीका उम्मेदवार राजन लिम्बूले पराजित गरे । राजनले अध्यक्षमा २ हजार ६६० मत ल्याउँदा सरोजले २ हजार ३१२ मत ल्याए ।
ताप्लेजुङकै मैवाखोला गाउँपालिकाका निवर्तमान अध्यक्ष राजनकुमार थक्लुङलाई पनि माओवादीका विजयप्रकाश बनेमले पराजित गरेका हुन् । एमालेबाट उम्मेदवार बनेका थक्लुङले २ हजार ५२ मत ल्याउँदा माओवादीका बनेमले २ हजार ६०९ मत ल्याए ।
ताप्लेजुङकै आठराई त्रिवेणीको अध्यक्षमा काँग्रेसबाट उम्मेदवार बनेका विश्वनाथ सिटौलालाई एमालेका दिपेन्द्र पोमुले पराजित गरे । पोमुले ३ हजार ३६ मत ल्याउँदा निवर्तमान अध्यक्ष सिटौलाले २ हजार ५२६ मत ल्याए ।
यस्तै एमालेबाट पुनः दोहोर्याउन खोजेका पाँचथर हिलिहाङका निवर्तमान अध्यक्ष ढुवानीप्रसाद लिङ्देन पनि यस पटक काँग्रेसका उम्मेदवार समरबहादुर अधिकारीबाट पराजित भए । अधिकारीले ४ हजार ५६५ मत ल्याउँदा लिङ्देनले ४ हजार ३५८ मत पाएका हुन् ।
इलाम सन्दकपुरका निवर्तमान अध्यक्ष उदयबहादुर राईलाई काँग्रेसका तुलाराम गुरुङले ४ हजार २२३ मत ल्याउँदै पराजित गरे । एमालेबाट उम्मेदवार बनेका राईले ३ हजार २५८ मत ल्याए ।
एमालेबाटै उम्मेदवार बनेका संखुवासभा सभापोखरीका निवर्तमान जनप्रतिनिधि रत्नबहादुर सुब्बाले २ हजार ३०५ मत ल्याउँदा काँग्रेसका भीमबहादुर लिम्बूले ३ हजार ७ मतका साथ पराजित गरे ।
तेह्रथुम फेदापका निवर्तमान अध्यक्ष हरिप्रसाद चोङबाङलाई काँग्रेसका केशवप्रसाद भेट्वालले पराजित गरे । भेट्वालले ४ हजार ४१ मत ल्याउँदा एमालेका लिम्बूले ३ हजार ८ सय ७९ मत ल्याए ।
भोजपुर टेम्के मैंयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष ध्रुवराज राई पनि पराजित भए । एमालेबाट उम्मेदवार बनेका उनलाई काँग्रेसका सरोज बस्नेतले ३ हजार ९८० मत ल्याएर पराजित गरेका हुन् । राईले ३ हजार २५५ मत ल्याए ।
यस्तै एमालेबाट उम्मेदवार बनेका धनकुटा साँगुरीगढीका निवर्तमान जनप्रतिनिधि कुमारचन्द याख्खा पनि यस पटक पराजित बनेका छन् । काँग्रेसका जितेन्द्र राईले ५ हजार ३ सय ९९ मत ल्याउँदा याख्खाले ४ हजार ८२८ मत ल्याए । धनकुटाकै छथरजोरपाटीका शेरबहादुर लिम्बू पनि पराजित हुने निवर्तमान जनप्रतिनिधिमा पर्दछन् । एमालेबाट उम्मेदवार बनेका उनले ४ हजार १६४ मत ल्याउँदा काँग्रेसका छत्रबहादुर सुब्बा ४ हजार ३५९ मतका साथ विजयी भए ।
खोटाङ जन्तेढुंगाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई पनि यसपटक पराजित भए । उनलाई माओवादीकी अरुणादेवी राईले २ हजार ८८१ मत ल्याएर पराजित गरेकी हुन् । शंखरबहादुरले २ हजार ५७५ मत ल्याए ।
काँग्रेसबाट पुनः दोहोरिँदै उम्मेदवारी दिएका इलाम माङ्सेबुङका डिकेन्द्र इदिङ्बोलाई भने एमालेका उम्मेदवार हेमन्त राईले पराजित गरे । राईले ३ हजार ८१८ मत ल्याउँदा इदिङ्गोले ३ हजार ४९५ मत पाए ।
काँग्रेसबाटै झापा बाह्रदशीको अध्यक्षमा उम्मेदवार बनेका निवर्तमान अध्यक्ष खड्गप्रसाद राजवंशीलाई पनि एमालेका देवीन्द्रप्रसाद चम्लागाईंले पराजित गरे । चम्लागाईंले ७ हजार १४८ मत ल्याउँदा काँग्रेसका राजवंशीले ४ हजार ३६१ मत ल्याए ।
भोजपुर षडानन्द नगरपालिकाका निवर्तमान अध्यक्ष वीरवल राईलाई पनि एमालेका सुरेन्द्रैकुमार उदासले पराजित गरे । उदासले ६ हजार ७७२ मत ल्याउँदा काँग्रेसबाट उम्मेदवार बनेका राईले ५ हजार ७५७ मत ल्याए । भोजपुरकै साल्पासिलिचोङका निवर्तमान अध्यक्ष महेश राईलाई स्वतन्त्र उम्मेद्वार दौलथकुमार कुलुङ (राई)ले पराजित गरे । दौलथले १ हजार ८१४ मत ल्याउँदा काँग्रेसका महेशले १ हजार ७८६ मत प्राप्त गरे ।
यस्तै मोरङ केराबारीका निवर्तमान अध्यक्ष रोहित बहादुर कार्की पनि पराजित भए । काँग्रेसका उम्मेदवार कार्कीलाई एमालेका सुमन मिरिङचिङ मगरले ७ हजार ८१० मत ल्याएर पराजित गरे । कार्कीले भने ६ हजार ३९० मत ल्याए ।
यस्तै, माओवादी केन्द्रबाट पुनः दोहोर्याउने ३ जना पराजित बनेका छन् । सोलुखुम्बु महाकुलुङका सागर राईलाई काँग्रेसका सूर्यबहादुर राईले पराजित गरे । सूर्यले २ हजार १ सय मत ल्याउँदा माओवादी केन्द्रका सागरले १ हजार ६२६ मत ल्याए । सोलुखुम्बुकै लिखुपिकेका निवर्तमान अध्यक्ष डम्बरबहादुर बस्नेत पनि काँग्रेसका उम्मेदवार मिनादेवी कार्कीबाट पराजित भए । कार्कीले १ हजार २६० मत ल्याउँदा माओवादी केन्द्रका बस्नेतले १ हजार ११३ मत मात्रै ल्याए ।
यस्तै खोटाङ साकेलाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पनि यसपटक पराजित भए । माओवादी केन्द्रबाट उम्मेदवार भएका उनलाई काँग्रेसका रविप्रकाश राईले पराजित गरेका हुन् । राईले १ हजार ८५० मत ल्याउँदा खड्काले १ हजार ७७२ मत ल्याए ।
राप्रपाबाट उम्मेदवार भएका कचनकवलका निवर्तमान अध्यक्ष अन्जला आलम पनि यसपटक पराजित बनेका छन् । आलमलाई काँग्रेसका कालेन्द्रप्रसाद सिंह राजवंशीले पराजित गरेका हुन् । राजवंशीले ११ हजार ४५७ मत ल्याउँदा आलमले ६ हजार ६६७ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरूसँग छलफल
-
पहिलो दिनको अक्सनबाट कुन खेलाडी कति रकममा कुन क्लबमा आबद्ध भए ?
-
बिहेको अफवाहबिच मनिष मल्होत्राको घरमा किन पुगे तमन्ना–विजय ?
-
धितोपत्र बोर्ड अध्यक्षमा सिफारिस भएकाहरू को कस्तो ?
-
आइतबार शुल्क तिरेर ६६३ जनाले चढे धरहरा
-
एनिमल र सञ्जूमाथि पाएको आलोचनाबारे रणबीर कपूरले के भने ?