बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राप्ती नगरपालिका १३ मा काँग्रेस र एमालेका उम्मेदवारको बराबर मत आएपछि...

बुधबार, ०४ जेठ २०७९, २० : ३९
बुधबार, ०४ जेठ २०७९

चितवनको राप्ति नगरपालिका वडा नम्बर १३ को मतगणना सम्पन्न हुँदा एमाले र काँग्रेसका उम्मेदवारको बराबरी मत आएको छ । एमालेका उम्मेदवार सूर्यबहादुर प्रजा र काँग्रेसका उम्मेदवार अशोक कुमार प्रजाको बराबरी मत (५०१) मत आएपछि विवाद उत्पन्न हुन पुगेको छ । 

गणना भएका दुई मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि विवाद उत्पन्न भएको हो । सो मतपत्रमा काँग्रेसको रुख चिह्नमा छाप रहेको काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । उनले आफूहरुले पुनः मतगणनाको माग राखेको जानकारी दिए । विवाद भएपछि विजेता घोषणा गरिएको छैन । काँग्रेसले गलत कार्य गर्ने मतदान अधिकृतमाथि कारबाहीको माग पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप