आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अमेरिका सिरिजका लागि नेपाली टोलीको घोषणा

बुधबार, ०४ जेठ २०७९, १९ : ५५
बुधबार, ०४ जेठ २०७९

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने सिरिजका लागि नेपालले टोलीको घोषणा गरेको छ  । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।

नेपालले अमेरिकामा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजमा नेपाल, अमेरिका र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।  सिरिज आगामी जुनमा हुनेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेलमा ओमानविरुद्ध खेल्नेछ । नेपाल र ओमानबीचको खेल जुन ९ मा हुनेछ ।

नेपाली टिम : सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख,विनोद भण्डारी, सुनिल धमला, देव खनाल, आदील अन्सारी, करण केसी, सोमपाल कामी, विक्रम सोब, किशोर महतो, सागर ढकाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप