आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वालिङ नगर प्रमुखमा एमाले, उपप्रमुखमा काँग्रेस विजयी

बुधबार, ०४ जेठ २०७९, १९ : ४४
बुधबार, ०४ जेठ २०७९

स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  प्रमुखमा एमालेका कृष्ण खाण र उपप्रमुखमा कांग्रेसकी कविता तिवारी विजयी भएका हुन् । खाणले कांग्रेसका दिलीपप्रताप खाणलाई दुई हजार १८० मतान्तरले पराजित गरेका हुन् । कृष्णले १३ हजार ७७६ तथा उनका निकटतम प्रतिद्वन्द्वी दिलीप प्रतापले ११ हजार ५९६ मत पाए ।

यस्तै उपप्रमुखमा तिवारीले ४८२ मतान्तरले एमालेकी खगिसरा थापालाई पराजित गरेकी हुन् । तिवारीले १२ हजार ८२२ तथा थापाले १२ हजार ३४० मत प्राप्त गरे । थापा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि उपप्रमुखमा पराजित भएका थिए । 

चौध वडामध्ये एमाले वडा नं ३, ४, ६, ७, ८, ९, १२ र १३ मा तथा कांग्रेस वडा नं १, २, ५, १०, ११ र १४ मा विजयी भयो । विसं २०७४ मा प्रमुख, उपप्रमुखसहित सात वडामा कांग्रेस विजयी भएको थियो । कूल ३९ हजार ६५९ मतदाता रहेको वालिङमा कूल २६ हजार ७७४ (६७.५१ प्रतिशत) मत खसेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप