शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सन्धिखर्क नगरपालिकामा एमालेसँग पाँच दलीय गठबन्धन पराजित

बुधबार, ०४ जेठ २०७९, १९ : २७
बुधबार, ०४ जेठ २०७९

अर्घाखाँची जिल्लाका बहुसंख्यक पालिकामा विजय हासिल गरेको नेकपा एमालेले सन्धिखर्क नगरपालिकामा समेत विजय हासिल गरेको छ । जिल्लाको सदरमुकाम समेत रहेको सन्धिखर्कमा एमालेका नगर प्रमुख पदका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनकी उम्मेदवार शान्ता भण्डारीलाई एक हजार ७८१ मतान्तरले पराजित गरे ।

यसअघि २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेस–नेकपा माओवादी गठबन्धनले जितेको उक्त नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका कमल भुसाल र उपप्रमुखमा माओवादी केन्द्रका ठाकुर विश्वकर्मा थिए । यसपटकको निर्वाचनमा सन्धिखर्कका बहुसंख्यक वडा सहित प्रमुख/उपप्रमुख दुवै पद  एमालेले हात पारेको हो ।

नगरप्रमुखमा श्रेष्ठले ११ हजार ३९६ मत पाएर विजयी हुँदा उपप्रमुख पदमा मिश्रा आचार्य ९ हजार ८७५ मत पाएर विजयी बनिन् । गठबन्धनको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएकी काँग्रेसकी नेतृ शान्ता भण्डारीले ९ हजार ६ सय ३५ मत पाइन भने उपप्रमुख पदमा गठबन्धनकै तर्फबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले ९ हजार १ सय ६८ मतमा चित्त बुझाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप