जनकपुरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै, यस्तो छ पछिल्लो मतपरिणाम
जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार मनोजकुमार साहको अग्रता कायमै छ । ताजा मत परिणाम अनुसार साहले ४ हजार ४६६ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेकपा एमालेका शिवशंकर साह हिराले ३ हजार २३ मत ल्याएर पछ्याइरहेका छन् ।
त्यस्तै, लोसपाका उम्मेदवार मनोज चौधरीले १ हजार २९९ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार बलराम महतोले १ हजार २२४ मत ल्याएका छन् ।
त्यस्तै, गठबन्धनका उम्मेदवार रहेका जसपा नेपालका लालकिशोर साहले १ हजार २११ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार जानकीराम साहले ५८८ मत पाएका छन् ।
त्यसैगरी उपमेयरमा भने गठबन्धनको तर्फबाट कांग्रेसका किशोरी साहले ४ हजार ५९३, नेकपा एमालेकी रूणादेवी झाले ३ हजार २७०, स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले १ हजार ४९६ र लोसपा नेपालकी रिताकुमारी मिश्रले १ हजार २७२ मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन