शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाराको निजगढमा गठबन्धनलाई हराउँदै एमाले विजयी

बुधबार, ०४ जेठ २०७९, १७ : ४६
बुधबार, ०४ जेठ २०७९

बाराको निजगढ नगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा विजयी भएको छ । नगरपालिकाको प्रमुखमा एमालेका सुरथ पुरी र उपप्रमुखमा सोममाया थिङ निर्वाचित भएकी हुन् ।

नगरपालिका प्रमुखमा पुरीले ९ हजार ४७५ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका शुरेसकुमार खनालले ८ हजार ८२३ मत ल्याएका छन् ।

त्यसैगरी उपप्रमुखमा एमालेकी थिङले ८ हजार ६५९ मत ल्याएकी छन् भने गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका उम्मेदवार रविराज दंगालले ८ हजार ५१८ मत ल्याएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप