शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तरुण दलका अध्यक्ष गुरुङको गृह वडामा काँग्रेस विजयी

बुधबार, ०४ जेठ २०७९, १७ : २१
बुधबार, ०४ जेठ २०७९

नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङ गृह वडामा नेपाली काँग्रेस विजयी भएको छ । पर्वतको कुस्मा नगरपालिका–४ मा काँग्रेसका उम्मेदवार दिनेश श्रेष्ठले विजयी भएका हुन् । उनले ६ सय ५४ मतसहित निर्वाचित भए ।

उनले प्रतिद्वन्द्वी एमालेका खेम वहादुर घर्ती क्षेत्रीलाई श्रेष्ठले दोब्बर मतको साथ जित हात पारेका थिए । एमालेका क्षेत्रीले २७८ मत मात्र पाएका थिए । जितपछि तरुण दल अध्यक्ष गुरुङले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप