मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

धरानमा रोकियो मतगणना

बुधबार, ०४ जेठ २०७९, १६ : ५६
बुधबार, ०४ जेठ २०७९

धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर बेगरको १८ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो ।

१८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा कांग्रेसका पदम बहादुर लिम्बूले ४ मतान्तरले विजयी भएका थिए । विवाद भएपछि मतपरिणाम सार्वजनिक गरिएको छैन । माओवादी केन्द्रका विजय तामाङ उनको निकटतम प्रतिस्पर्धामा छन् ।

दलको नेता तथा उम्मेदवारहरूलाई छलफलका लागि बोलाइएको निर्वाचन अधिकृत गणेश खतिवडाले बताए । माओवादीका कार्यकर्ता भने भने मत सदर हुनु पर्ने अडान राख्दै नारा जुलुस गरिरहेका छन् । मत गणनामा धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप