शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको देवदहमा एमाले विजयी

बुधबार, ०४ जेठ २०७९, १६ : ४७
बुधबार, ०४ जेठ २०७९

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका नेता ध्रुव खरेल निर्वाचित भएका हुन् ।

एमालेको तर्फबाट नगर प्रमुख पदमा उम्मेदवार बनेका खरेलले नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धनमा उम्मेदवार बनेका हिरा खत्रीलाई एक हजार ६२० मत अन्तरले पराजित गरी नगर प्रमुख निर्वाचित भएका हुन् । खरेलले १२ हजार ९४३ मत पाउदा खत्रीले ११ हजार ३२३ मत पाए । खरेलसँग पराजित भएका नेपाली काँग्रेसका जिल्ला सचिवसमेत रहेका खत्री २०७४ सालको निर्वाचनमा एमालेका टिकाराम चापागाईलाई पराजित गरी नगर प्रमुख निर्वाचित भएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा एमालेकै विद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् । २०७४ सालमा उपप्रमुख निर्वाचित गुरुङले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी सुन्दरी गिरीलाई ६ हजार ४९४ मतान्तरले पराजित गरेकी छन् । ४८ हजार २९१ मत खसेको देवदहमा गुरुङले १३ हजार ७८४ मत पाउदा गिरीले सात हजार २९० मत पाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप