बिहीबार, १३ असार २०८१
ताजा लोकप्रिय

नेपाल टी–ट्वान्टी लिग : ‘ए’ ग्रेडका खेलाडीले न्युनतम १५ लाख पाउने

बुधबार, ०४ जेठ २०७९, १६ : २७
बुधबार, ०४ जेठ २०७९

नेपाल टी–ट्वान्टी लिग खेल्ने ‘ए’ ग्रेडका खेलाडीहरूले न्युनतम १५ लाख रुपैया पाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार खेलाडीहरु पाउने रकम सार्वजनिक गरेको हो । नेपाल टी–ट्वान्टी लिग क्रिकेट असोज ८ गतेबाट कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

६ टोलीको सहभागिता हुने प्रतियोगितामा ‘बी’ ग्रेडका खेलाडीले न्युनतम १० लाख र ‘सी’ ग्रेडका खेलाडीले न्युनतम ५ लाख पाउने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप