शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेता अधिकारीको अर्थमन्त्रीमाथि आक्रोश : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईले बनाउनु भएको हो ?

बुधबार, ०४ जेठ २०७९, १६ : ११
बुधबार, ०४ जेठ २०७९

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेता खगराज अधिकारी अर्थमन्त्री जनार्दन शर्मामाथि खनिएका छन् । विनियोजन विधेयकको नीति तथा कार्यक्रममाथिको छलफलमा सुझाव दिन संसदको रोस्टममा उभिएका अधिकारीले अर्थमन्त्रीले गठबन्धनको नाममा मनलाग्दी गरेको र अर्थ नीति तथा संरचनाहरु नै ध्वस्त पार्न लागि परेको आरोप लगाए । 

‘तपाई आफै अर्थतन्त्रको नीति, संरचना संवैधानिक निकायहरुको सम्बन्धहरु भत्काउन उद्दत हुनुहुन्छ भने कसरी आर्थिक सुशासन हुनसक्छ ?’ गभर्नरमाथिको कारबाही घटना कोट्याउँदै नेता अधिकारीले भने, ‘गलत नियतबस गभर्नरमाथि कारबाही गर्ने र न्यायिक प्राणालीमार्फत पुनः फर्किएपछि नैतिकताका हिसाबले राजीनामा दिनुपर्दैन ?’ यतिमै रोकिएनन् उनले यस्तो गैर जिम्मेवार व्यक्तिबाट मुलुकले कस्तो आर्थिक सुधारको अपेक्षा गर्ने ? भनेर प्रश्न समेत गरे । 

सोही अवसरमा अधिकारीले अहिलेको सरकारले नै सबै विकास निर्माण गरेको जसरी प्रस्तुत भएको भन्दै सो व्यवहार सुर्धान अर्थमन्त्रीलाई सुझाव दिए । ‘के गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तपाईले बनाउनु भएको हो ? मेलम्ची तपाईले ल्याउनु भएको हो ?’ उनले प्रश्न गरे । सरकारको बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि तिखो टिप्पणी गरेका अधिकारीले हात पाउ केही पनि नभएको बर्माले सृष्टी गरेको कुरुप प्राणी जस्तै भएको जिकिर गरे । यसको समाधानका लागि सरकारले राजनीतिक निरुपणका साथ सर्वसम्मतिमा जानुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप